कांग्रेस स्याङ्जाः १ मा ढकाल र २ मा मल्ल

प्रतिनिधी सभा निर्वाचनमा स्याङ्जामा नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । कांग्रेसले क्षेत्र नं १ मा आँधीखोला गाउँपालिका ६ का भरतराज ढकाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं २ मा चापाकोट नपा–५ का भगवत प्रकाश मल्ललाई टिकट दिएको छ ।

मुक्तिनाथ विकास बैँकका पूर्वसिइओ तथा अध्यक्ष ढकाल पहिलो पटक चुनावमा होमिएका हुन् । मल्ल यसअघि २०७४ मा प्रदेश सभामा क्षेत्र नं–२ (ख)बाट निर्वाचित भएका थिए ।

यहाँको क्षेत्र नम्बर १ मा नेकपाले शैलेन्द्र घिमिरे र २ मा लाई उम्मेदवार बनाएको छ भने एमालेले १ मा मीनप्रसाद गुरुङ र २ मा खिमबहादुर थापा उम्मेदवार छन् । यहाँ रास्वपाले क्रमशः डा धनञ्जय रेग्मी र झविलाल डुम्रेलाई टिकट दिएको छ ।