आशिका तामाङलाई रास्वपाले दियो टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्। तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्।

यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।