हरि रोका खोटाङका नेकपा उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टीले विश्लेषक हरि रोकालाई प्रतिनिधिसभा सदस्यअन्तर्गत प्रत्यक्षतर्फको उमेदवार बनाएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपाले रोक्कालाई उमेदवार बनाएको हो ।

रोकाले भने, “अहिले मलाई शुभकामना दिनुस् बधाई दिने बेला भएको छैन । म विगत चार वर्षदेखि गाउँमै खेतीपाती गर्दै आएको छु । गाउँघरको वस्तुस्थिति बुझ्ने मौका पाएको छु ।”