नेपाली कांग्रेसका पूर्वनेता अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुने भएका छन्। रास्वपाले आगामी सोमबार जनकपुरबाट सुरु गर्न लागेको पहिलो चुनावी सभाबाट उनी पार्टीमा आबद्ध हुन लागेका हुन्।
सोही सभाबाट आफुले नयाँ राजनीतिक अध्यायको सुरुवात गर्ने उनले जनाएका छन्।
सिंहले फेसबुकमा लेखेका छन्–
यहि माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु। देश र मधेशमा रहेको भ्रष्टाचार कुशासनबिरुद्ध हिजो स्वतन्त्र रहदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ। साथै म लगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा स्वास्थ्य रोजगार र भौतिक पुर्वाधार को बिकास चाहने सम्पुर्ण आमाबुवा तथा दिदिबहिनीहरुलाई यसै कार्यक्रम मार्फत जुडन आह्वान गर्दछु।




