कथाः स्याङ्जाको माटो


स्याङ्जा फेदिखोला मेरो ससुराली । त्यहाँ सामु–आमा बस्नु हुन्छ । बुढ्सकालमा लम्कदै गर्नु भएको, डाँडा माथिको घाम जस्ती आमा । जेठान बुटवलमा हुनुहुन्छ । फेदिखोलामा आमा मात्र बस्ने हुनाले श्रीमतिको आवतजावत माइततिर अलि बढि नै हुन्छ । कहिले आमा बिरामी हुँदा, कहिले श्रीमति जीको इच्छा अनुसार । जुन सन्दर्भ कुनै रोकतोक विना हुन्छ । भन्नाको मतलब उनी माइत जाने नैसर्गिक अधिकारको खासै विरोध हुँदैन । अर्को कुरा छोराहरु हुर्किसकेको हुनाले घरतिरको मातृकर्तव्य घटदो छ । पकाए् र खुवाउने र परिवारको रथ चलाउने अन्य सदस्य छन ् । जो आफनो बुत् ा अनुरुप सक्रिय छन ् । आज तीन दिन भयो उनी माइत गएको । मोवाइल थिच्छ, ु ‘सन्चै छौँ ।’

 ‘सन्चै, किन फोन गर्नु भएको हो ।’ 
 ‘फोन गर्दा पनि किन गरेको भनेर प्रश्न गर्ने कस्तो वाउँठो मान्छे हो, तिमी ।’  
 ‘होइन, म त केही काम परेर फोन गर्नु भएको हो कि भनेर ।’ 
 ‘ल ल भै हाल्यो, कहिले आउँछेउ ।’ 
 ‘आमा बुटवल जानु भएको छ, आमा आएपछि आउँछु ।’ 

‘रित्तो घर किन कुरेर कसेकी छेउ त नि, खुरुक घर नआएर, घरमा मक ै दोहो¥याउने बेला भएका छ । े
“छ्या कस्तो कुरा गर्नु हुन्छ । गमलामा पानी राख्नु प¥यो, फेरि दुधको ठेक्का छुटे पछि पाइन गाह्रो हुन्छ ।”

‘बरु हजुर आउनोस् न, शुक्रवार । एक दुई दिन बसेर जानु होला ।’ मैले तत्काल निर्णय लिन, दिन सकिनँ । मुखबाट एक दर्को पानी आउँछ, मन समेत रसाउँछ । ससुरालीमा खप्न पाईने मेजमानीले होइन । न त श्रीमतीप्रतिको उष्ण तिर्सनाले हो । त्यो के भने आजकल ममा अचम्मको आदत बनेको छ । उसो त आदत के भनौ, बनावटी विचार । या त बुद्धिविलासको आंशिक मात्रा भन्दा उपयुक्त होला । जब मलाई पोखरा बसाईमा वाक्क दिक्क लाग्छ, तब म फेदिखोला जान मन पराउँछु ।

जब रचनाहरु अपुरो रुपमा लथालिङ्ग हुन्छन्, तब मलाई फेदिखोला जाउँ जाउँ लाग्छ । जब म मस्तिष्क जिम्मेवारीले थिचिएको बोध गर्छु, तब मलाई फेदिखोला गएर हलुका हुन मन लाग्छ । तर पनि सोच्छु, अस्ती भर्खरै फेदिखोला गएर आएको, दुई दिन बसेर । फेरि ….. । कति जानु, जहाँ पनि नकरात्मक कुरा चलाउने मुखको दुर्लभ हुँदैन । म दोधारमा अलमलिन्छु ।

‘हलोे ……. सुन्नु भएन क्या हो मेरो कुरा ।’ उताबाट श्रीमतिको स्वर अलिक चर्को पारेर भन्छिन् ।
‘सुनेको छु, भनन ।’ म अलमलिएको भावमा भन्छु ।
‘आज यतै आउनास न, के भयो त नि ……. आमा पनिे हुनु हुन्न ।’ उनले दोहो¥याउँर्दै भन्छिन ् ।
‘म आमालाई सोध्छु, अनि फोन गरौला ।’ यति भनेर मैले मोवाइल काट्छु ।

वैशाखको महिना घाम पूर्णिमाका जुन जस्ता शितला छैनन् । उसमाथि पानी नपरेको पनि धेरै भयो । पोखरामा यति लामो समय पानी रोकिएको मैले थाह पाएको थिइन् । ‘आज रेडियोले पानी पर्छ भन्थ्यो, पर्छ कि ता ।’ बाले भन्नु भएको थियो । तर त्यस्तो छाँटछन्न छैन । गर्मी उखरमाउलो छ, तै पनि परिहाल्छ कि ! म आकासतिर हेरेर भित्र पस्छु । आमा टि.भि. हेरेर बस्नु भएको छ । उहाँलाई लोकगीत असाध्यै मन पर्छ । टि.भी. मा आइरहेको गीत छाडेर मेरो आगमनको वास्ता हदैन । ँ

म भने आमालाई फकाउने धुनमा अलमस्त छु । तर के गरेर ? मनमा एउटा युक्ति आउँछ । यसो भूमिका मिलाउदैँ भन्छु – आमा फ्रिजमा अंगुर छ, ल्याउ खानु हुन्छ ।’ आमा पुलुक्क हेर्नु हुन्छ । केही बोल्नु हुन्न । तर मेरो दोषी मन सशंकिल हुन्छ । भन्नाले मतलब मलाई पुलुक्क हेर्दा उहाँका आँखाले भनि रहेझै लाग्छ, ‘किन यसले चाकडी गर्न खोज्दै छ, पक्कै केही रहस्य छ ।’

‘अघि भर्खरै मेआँ काँटेर खाएको हो, ल े न त अलिकति खाँऊ ।’ क्षणपश्चात् उहाँले भन्नु हुन्छ ।
म फ्रिजबाट अंगुर निकाल्छु । ओल्टाई पल्टाई धोएर एउटा प्लेटमा राख्छु । र आमाको छेउमा राख्दै भन्छु ‘खानोस् आमा ।’
‘फोन गरे जस्तो लाग्थ्यो, कहिले आउँछे अरे तेरी दुलही ।’ आमाले अंगुर चपाउँदै भन्नुहुन्छ ।
आमाले नै प्रसङ्ग झिकिदिए पछि मलाई अलि सहज हुन्छ । म चिल्लो घस्दै भन्छु, ‘आमा बुटवल जानु भएको छ अरे । बुटवलबाट आमा आएपछि आँउछु, भनेकि छ, बरु १÷२ दिन बस्ने गरेर मलाई बोलाएकी छे । जाउँ है ।’

आमा केही क्षणसम्म अपलक मलाई हेर्नु हुन्छ, सित्तिमित्ति उहाँ मेरो ससुराली जाने विचारमा सहमत, समझदार र समरात्मक हुनुहुन्न । ससुराली गईरहे महत्व कम हुन्छ भन्ने पुरातन मान्यता उहाँको मस्तिष्कमा सधै ताजारुपमा पाइन्छ । आज पनि उहाँको मुहारमा त्यही मान्यता, यस्तै विमतिका विम्वहरु देख्छु । तर पनि आमाको करुणामय स्वभावले विपक्षमा निर्णय ढल्काउनु हुन्छ, जस्तो लाग्दैन, आमाले निकै सोचविचार गरेर भन्नुहुन्छ सोधिहालिस् उसो त तलाई पनि जान मन लागेर त्यस्तो कुरा गरेको होलास् । ससुराली भनेको गईराख्ने ठाँउ होइन् । त्यही पनि आफै विचार गर, मैले के भनुँ ।’

आमाले निर्णयाधिकार स्वविवेकमा छोड्नु हुन्छ । मलाई भने उहाँको विचार सहमति सरहको लाग्छ । अनि म दिनमा सुतेर बासी जस्तो बनेको मुहार धुन्छु । टवाइलेट जान्छु । र, फेदिखोला जाने तरखरमा लुगा लगाउँछु, मामाघर जान उत्सुक बालक झै मेरो पाइलामा फुर्ती भरिन्छन् । आमाले मेरो आशय बुझ्दै भन्नुहुन्छ, पानी पर्ला जसतो छ, छाता लिएर जा ।’

म झोलामा एक जार पे mेरफार कपडा राख्छु । छाता र अधुरा छाडिएका लेख रचनाको कापि पनि राख्छु । अनि झोलाको खल्तिमा चार्जर, कलम र दाँत माझ्ने बुरुष
राख्छु । सायद मेरो चलचलन देखेर आमा भन्नु हुन्छ, ‘कति दिन बस्ने होस र, झोला त
टुन्नै छ ।’

आमाको जवाफ नदिइकन म औपचारिकता पुरा गर्दै भन्छु, ‘ल त आमा, म लागेँ ।’ म के.आई.सिङ्ग. पुलमा हिड्दा हिड्दै पानी पर्छ । पानी पनि कत्रो परेको । छाता ओढिछु भन्नु मात्र, पानीका मसिना छिटाले शरीर रुझाउन लाग्यो । पायन्ट र जुत्ता त चिपिचल्लै भयो । एकक्षण एउटा होटेलमा ओत बस्छु । काम गर्ने केटो नजिक आएर सोध्छ, ‘केही लिनु हुन्छ कि ?’

उ उत्तरको प्रतिक्षामा उभिरहेको छ । मानौँ, त्यहाँ पसेपछि केही न केही खानु पर्ने
नियम छ । म असामान्जस्य मान्दै उत्तर दिन्छु, ‘केही खनन् मन लाग्यो भने भनौला ।’ पानी अलि मत्थर हुन्छ । म बस चढ्छु । र, पृथ्वीचोक ओर्लन्छु । र स्याङ्जा जाने बस चढ्छु । बस उकालो चढ्दै जान्छ । मन आकासिदैँ जान्छ, बसमा स्याङज् ालीका थरिथरि कुरा एकटकले सुन्छु–‘हजुरको छोरा कुन मन्त्रालयमा हुनु हुन्छ ।’ ‘शिक्षा मन्त्रालयको उपसचिवमा छ ।’

 ‘अनि बुहारी नि ?’  
 ‘उ त अर्थ मन्त्रालयमा कर अधिकृतमा छ ।’ 
 ‘यस पाली त मेरो ठूलो छोराको पनि बढुवा भयो ।’  
 ‘के भए मेजर ?’ 
 ‘मेजर भएको त धेरै भएको थियो, अहिले कर्णेल भयो ।’ 

अर्को कुनाबाट अर्को थरी कुरा सुन्छु – ‘नानी बाहिर गएकी थियौ भन्ने सुन्थे, कहिले आयाँ, बा ।’
‘अहँ, बुबा अमेरिका पढन गएकी थिए । १० दिन भयो आएको ।’

फेरि पछाडि बसेका दुई अधवँैसेको कुरा सुन्छु । ‘हजुरको भाइत साह्रै चलाख, साह्रै मेहनेती रहेछन ् गाँठे । कोरिया गएर, पाँच वर्षसम्म काम गरेर फर्केर आएपछि पनि कम्मर कसेर लोकसेवा दिए । र, अधिकृतमा नाम निकालेरै छोडे । कसले सक्छ त्यस्तो दुःख र मेहनत गर्न । म तिनलाई देखेर अचम्मै पर्छु । साच्चै भनुँ भने तिनलाई एक चोटि भेटेर पिठ्यँुमा धाम दिदै स्याँवासी दिन मन लागेको छ । त्यस्ता पो छोरा ।’ एउटाले भन्छ ।

‘एक पल्ट गएर आएपछि फेरि इ.पि.एस.को जाँच दिएर कोरिया जान्छु भन्थ्यो । मैले त्यसलाई विदेशको कमाई भनेको भल–पानी जस्तो हा, बरु लोकसेवामा अधिकृत खे ुलेको छ, कस्सिएर पढेर जाँच दिन पढ्यो । भने नहुने के छ र, भनेर सल्लाह दिएको थिएँ । मैले जसरी सल्लाह दिएको थिए त्यसरी नै मनमा लिएर पढयो । ठ् याक्कै एकै प् टकमा नाम निकाल्यो । मैले त सिरिप उसको भलो चाहेर सल्लाह दिएको हुमँ, कोशिस र मेहनत उसैले ग¥यो । अहिले भाईको राम्रो देख्न पाइएको छ, म त्यसैमा सन्तोष छु ।’ अर्काले नरोकिकन भन्यो ।

मेरो मानसमा ति सनुवाइहरुले प्रभाव जमाई रहन्छन । सन्दा एक प्रकारको डाहा लाग्छ । लोकसेवा आयोगमा स्याङ्जालीको दादागिरी कतिन्जेल चल्ला ? उत्तर पाउँदिन , बरु उत्तरको रुपमा लाग्छ, स्याङ्जाको माटोमा कुनै न कुनै प्रकारको मलिलो गुण छ, जसले प्रशासनिक निकाय देखि अन्य व्यक्तित्वका क्षेत्रमा आफना सन्तानको पहु् च र दवाव सृजना ँ गरेको छ । धन्य छ, स्याङ्जाको माटो, म मनसित कुरा गरिरहेको हुन्छु ।

‘ल फेदिखोला आयो, ओ दाई ! यही ओर्लनी भनेको होइन ।’ कण्डक्टरको रुखो आवाज सुनिन्छ । मेरो सोचाईको तान चटक्क चुडिन्छ । म बसबाट ओलिन्छु बसमा गुम्सिएको मेरो शरीरमा फेदिखोलाको शितलताले स्पर्श गर्छ । तर म भने उहि पुरानो सोच अनुरुप स्याङ्जाको प्रगतिमुखी विचारको, अनि यहाँको माहोलको, समग्रमा स्याङ्जाको मोटोको प्रशंसा गर्दै लम्कन्छु, जहाँ श्रीमतिको सुमधुर मुस्कान प्रतिक्षरत छ ।
(वि.स. २०७१÷०७÷०५)