फुड फेस्ट गर्दै एनटिएचएमसी

पोखरा महानगरपालिका वडा नं १४ स्थित नेपाल टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेजका २५ औं ब्याचका विद्यार्थीको आयोजनामा ‘एनटिएचएमसी फुड फेस्ट २०२६’ हुने भएको छ ।

हरेक वर्ष स्टुुडेन्ड मेगा इभेन्टका रुपमा फुड फेस्टिबल हुँदै आएकोमा यस वर्ष २५ औं ब्याचका विद्यार्थीको आयोजनामा पुस २६ गते शनिबार फेस्ट हुने आयोजक समिति अध्यक्ष विवेक महतले जानकारी दिए । फेस्टिबलका लागि तयारी थालिसकेको जानकारी गराउँदै उनले विभिन्न किसिमका खाना तथा पेय पदार्थ, भेगन (प्लान्ट बेस फुड) आदिको स्वाद लिन पाइने जानकारी दिए ।

फेस्टमा बार टेन्डरिङ फेलरिङ सोसमेत हुनेछ । फेष्टिबलमा समीर श्रेष्ठ, केहारसिंह लिम्बुुु जस्ता कलाकारको ब्यान्ड प्रस्तुतिका साथै विभिन्न सांस्कृतिक तथा अन्य प्रस्तुति रहनेछ ।
समारोहमा स्थानीय कलाकारका साथै कलेजका विद्यार्थीको समेत आफ्ना प्रतिभा राख्ने छन् । कार्यक्रममा सशुल्क सहभागी हुने व्यवस्था मिलाइएको छ । कार्यक्रमलाई सफल बनाउन १४ सदस्यीय मूल आयोजक बनाइएको छ ।

क्याम्पस प्रमुख प्रकाश रेग्मी र सहायक क्याम्पस प्रमुख राजकुुमार कार्की लगायतको सल्लाहमा काम भइरहेको महतले सुनाए । फेस्टपछि ‘प्लेट फर प्लान्ट’ योजनासमेत राखिएको छ ।