पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीको सरसफाइ

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको आयोजनामा शनिवार लेखनाथ स्थित रमणीय पर्यटकीय स्थल टाइगरटपमा सरसफाइसहितका कार्यक्रम भएका छन् ।

संघमा आबद्ध व्यवसायी तथा उनीहरूका परिवारजनको सहभागितामा कार्यक्रम भएको हो । संघ अध्यक्ष चिन्तामणि खरेलले सामाजिक उत्तरदायित्व वहन गर्दै सरसफाइसहितका कार्यक्रम गरिएको जनाए । संघका सदस्यहरुको हितका नयाँ कार्यक्रम ल्याउँदै सामाजिक उत्तरदायित्व वहनका कार्य पनि सँगसँगै गरिने उनले जनाए ।