क्यानका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारी थुनामा

नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई बिशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जसअनुसार उनी कारागार जलान हुने भएका छन् ।

नलिञ्चोकको हेलिपोर्ट भ्रष्टाचार प्रकरणमा थुनछेक बहस बहसपछि विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो । उनलाई गत बुधबार अख्तियारले पक्राउ नै गरेर मुद्दा चलाएको थियो ।

उनीविरुद्ध आइतबार पोखरा विमानस्थल निर्माणसम्बन्धि भ्रष्टाचारमा अर्काे मुद्दा पनि दायर भएको छ । उनीसँगै पक्राउ परेर प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीसँग भने ५ लाख रुपैयाँ धरौटी माग भएको बिशेष अदालतका सूचना अधिकारी यज्ञराज जोशीले बताए ।