नेसनल प्याब्सन कास्कीमा नयाँ समिति

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल एन प्याव्सनको कास्की जिल्ला समिति गठन भएको छ । एन प्याव्सनकी राष्ट्रिय अध्यक्ष तथा कानुन, योजना तथा नीति निर्माण विभाग र मधेश प्रदेश समन्वय उपसमिति संयोजक गीता राणा क्षेत्रीको उपस्थितिमा शनिवार पोखरामा कास्की जिल्ला समिति गठन भएको हो ।

समिति अध्यक्षमा रोशन कोइराला चयन भएका छन् । उपाध्यक्षमा विकल पौडेल, सचिवमा प्रतिभा के.सी., कोषाध्यक्ष कमल थापा रहेका छन् । सदस्यहरुमा अर्जुन आचार्य, मार्कण्ड अधिकारी र जीवन गोर्खाली छन् ।

समितिका पदाधिकारीलाई केन्द्रीय अध्यक्ष गीता राणाले पदस्थापन तथा सपथ ग्रहण गराउँदै प्रमाणपत्र प्रदान गरेकी थिईन् । कार्यक्रममा अध्यक्ष राणाले सरकारले ल्याएको पूर्ण छात्रवृत्तिको कुरामा शंशोधन आवश्यक रहेको वताइन् । उनले केन्द्रमा रहेर आफूहरुले शिक्षकहरुका क्षमताबृद्धिका,पाठ्यक्रमका साथै नीति निर्माणका कुराहरुलाई अगाडि बढाएको वताईन् ।

कम्पनीबाट गुठी जाने विद्यालयहरुले फरफारक गरेर मात्र जानुपर्ने धारणा राखिन् । कार्यक्रम संयोजक तथा केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराईले स्वागत गरेको उक्त कार्यक्रममा कास्कीका पूर्व जिल्ला अध्यक्ष तथा सल्लाहकार रामप्रसाद शर्माले एनप्याव्सन कास्कीको विगतदेखि वर्तमान सम्मका भोगाइ र अनुभव वताउदै बधाई ज्ञापन गरेका थिए ।

लेखनाथ पत्रकार मञ्चका अध्यक्ष बिष्णुहरि पौडेल,केन्द्रीय उपाध्यक्ष तथा कोसी प्रदेश समन्वय उपसमिति संयोजक कुमार भट्टराई, केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहान, केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी प्रदेश समन्वय उपसमिति संयोजक सुबोध डाँगी, केन्दी्रय बरिष्ठ उपाध्यक्ष बागमती प्रदेश समन्वय उपसमिति तथा कक्षा ११ र १२ संयोजक सुर्यबहादुर अधिकारी, पूर्व राष्ट्रिय अध्यक्ष तथा पदेन प्रमुख वित्त तथा विदेश समन्वय आयोग ऋतुराज सापकोटा , पूर्व राष्ट्रिय अध्यक्ष तथा पदेन शिक्षा नीति तथा प्रशिक्षण आयोग प्रमुख कर्णबहादुर शाही , निवर्तमान राष्ट्रिय अध्यक्ष तथा केन्द्रीय संगठन विभाग संयोजक पाण्डव हमाल ठकुरी, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट लगायतले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

समिति अध्यक्ष रोशन कोइरालाले आफ्‌ना प्रतिबद्धता र योजनासहितको मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारीले गरेका थिए ।