गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटी रोग विशेषज्ञको भेलाले सोसाइटी अफ ओर्टाेराइनोल्¥याङकोलोजिस्ट (सोल) गण्डकी शाखा गठन गरेको छ ।
प्राडा कृष्ण कोइरालाको अध्यक्षतामा बनेको समितिको उपाध्यक्षमा सहप्राध्यापक डा राजेन्द्र नेपाली, महासचिव सहप्राडा कृष्णचन्द्र रिजाल र कोषाध्यक्षमा सहप्राडा स्वस्ती शर्मा छन् ।
सदस्यमा सदस्य डा निरज केसी डनजनबहादुर लामिछाने र डा मिलन श्रेष्ठ छन् । डा कुलदीप नारायण अग्रहरी सल्लाहकार छन् । कार्यक्रममा सोल सोल नेपालका केन्द्रीय सदस्य डा सञ्जय कोइरालाले नाक, कान, घाँटी रोगको क्षेत्रमा आएका नयाँ परिवर्तन, प्रविधि र समस्याबारे छलफल जरुरी भएकोमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष कोईरालाले संगठनले विशुद्ध शैक्षिक तथा सदस्यबिच आत्मियता बढाउने कार्य गर्ने जनाए । कार्यक्रममा अग्रज डा कुलदीप नारायण अग्रहरी, डा देवेश सिंह र डा डनजनबहादुर लामिछानेले पनि बोलेका थिए ।




