नेपाल निजामती कर्मचारी युनियन कास्की अध्यक्षमा रेग्मीले उम्मेदवारी दिने

नेपाल निजामती कर्मचारी युनियन कास्की अध्यक्षमा विनोद रेग्मीले उम्मेदवारी दिने भएका छन
। युनियनको साउन २२ र २३ गते हुने नवौं अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने रेग्मीले सामाजिक सञ्जालमार्फत् घोषणा गरेका छन् ।

२०७० बाट निजामति सेवा प्रवेश गरेका उनी हाल व्यवसायिक सीप विकास तथा तालिम केन्द्र पोखरामा लेखा अधिकृत छन् । यसअघि उनले म्याग्दीबाट युनियनको केन्द्रीय प्रतिनिधि, मुस्ताङ जिल्ला कार्यसमितिको सहसचिव र गण्डकी प्रदेश कार्यसमिति सचिवको जिम्मेवारी निर्वाह गरिसेका छन् ।

रेग्मी युनियन र कर्मचारी वर्गमा इमान्दार र अनुशासित छविका कारण परिचित छन् । उम्मेदवारी दिने घोषणासँगै रेग्मीले आफू निर्वाचित भएमा गर्ने कामहरु पनि सार्वजनिक गरेका छन् । नेपाल निजामति कर्मचारी युनियनलाई पेसागत हकहित र सुरक्षाका लागि लड्ने भरपर्दो संस्थाका रुपमा विकास गर्न प्रयास गर्ने उनको वाचा छ ।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी विबचमा विभेदरहित अन्तरसम्वन्ध कायम गर्दै समन्वय र सहकार्यका लागि पहल गर्ने, कर्मचारीहरुको सिर्जनाशीलता लागि समयानुकूल तालिमका लागि पहल गर्ने, संस्थालाई प्रविधिमैत्री बनाउने, करार तथा दैनिक ज्यालादारी कर्मचारीको सेवाको निरन्तरता र सुनिश्चिताका लागि पहल गर्ने उनको प्रतिवद्धता छ ।

संस्थामा आफूले गरेको काम र एजेन्डाका कारण आफ्नो जित सहज रहेको उनले बताए । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ५ का रेग्मी सानै हाल नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय प्रतिनिधि हुन् ।