
बोटिङ गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगरपालिका ५ बस्ने बर्ष २१ को रेशम थापा फेवातालमा डुबेकोमा उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको बिपद् उद्वार टोलिले सकुशल उद्वार गरेको छ ।
तालमा हावाहुरीका कारण कायाक बोटमा बोटिङ्ग गरिरहेका १ जना र डुङ्गामा बोटिङ्ग गरिरहेका ६ जना गरी अन्य ७ जनाको समेत सकुशल उद्वार गरिएको छ ।