राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट सचिवमा सुवास मल्ल चुनिएका छन् । भूमिका सुब्बा(लिम्बु)को अध्यक्षतामा निर्विरोध निर्वाचित ९९ सदस्यीय केन्द्रीय कमिटीमा मल्लले विदेश विभाग प्रमुखको जिम्मेवारीसमेत पाएका छन् ।
स्याङ्जा स्थायी घर भई पोखरामा प्राध्यापन र सांस्कृतिक क्षेत्रमा सक्रिय मल्ल पोखरा विश्वविद्यालयका विद्यावारिधि स्कलरसमेत हुन् । महासंघका ७ घटकमध्ये साहित्यतर्फको राष्ट्रिय जनसाहित्यिक संघ कास्कीको अध्यक्षबाट २०६८ मा यात्रा सुरु गरेका मल्लले यसअघि राष्ट्रिय जनसाहित्यिक संघ केन्द्रीय सदस्य, गण्डकी अञ्चल सचिव, गण्डकी प्रदेश सचिव, गण्डकी प्रदेश अध्यक्ष र केन्द्रीय सदस्य भई जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा गण्डकी प्रदेशबाट तारापति सुवेदी, जीवन दाहाल, पद्मराज ढकाल, छवि सुवेदी, सरला पाण्डे, विष्णु बराल, राजेन्द्र सापकोटा, दिवाकर भण्डारी, आशा गौतम, रोशन थापा, माया थापा, करण थापा, माया थापा र हरिप्रसाद कोइराला चुनिएका छन् ।
महाधिवेशनमा महासंघ अध्यक्ष प्रेमनाथ अधिकारीले सुब्बालाई अध्यक्षका लागि प्रस्ताव गरेका थिए । यसअघि कार्यसमितिका उपाध्यक्ष सुब्बा लामो समयदेखि जनसांस्कृतिक महासंघमा आबद्ध छिन् । उनी पूर्वमन्त्री तथा पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्त नेम्वाङकी पत्नीसमेत हुन् ।
महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, महासचिवमा आरसी न्यौपानेलाई चयन गरेको छ । उपमहासचिवमा होमराज श्रेष्ठ, सचिवमा सुवाससहित अशोक प्यासी राई र पदम रोकायसमेत छन्




