गण्डकी प्रदेशमा २२ गते सार्वजनिक बिदा

गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिइने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने छ ।

मन्त्रीहरुलाई पठाइएका एजेन्डामा सार्वजनिक बिदासहित दुई विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय गर्ने उल्लेख छ । आइतबारसम्म निर्णय नहुँदा बिदाबारे अन्योल छ ।