रविलाई ६० लाख धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

अहिले लाजिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी भएको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार छुटेका थिए ।

उनी ८४ दिनदेखि कास्की प्रहरीको हिरासतमा थिए । उनीसहितले विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आभियोग छ ।