नीलगिरी सहकारीमा गोपीको निरन्तरता

पोखरा १७ बिरौटामा रहेको नीलगिरी बचत तथा ऋण सहकारीको अध्यक्षमा लेखनाथ बराल(गोपी)ले निरन्तरता पाएका छन् । शनिबार भएको २६ औं वार्षिक साधारणसभा तथा अधिवेशनले बरालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको हो ।

सहकारीको सञ्चालक समिति उपाध्यक्षमा तीर्थराज आचार्य, सचिव माधवप्रसाद बराल, सहसचिव पवित्रमणि पोख्रेल र कोषाध्यक्षमा मेनका पौडेल छन् । सदस्यमा भुवनराज बराल, डिल्लीराम पराजुली, नवीन भट्टराई र सरीताकुमारी शर्मा बराल चुनिएका छन् ।

गंगाधर पौडेलको संयोजकत्वमा ऋषिराम आचार्य र दीपकचन्द्र वाग्ले सदस्य रहेको लेखा समिति चुनिएको छ । रामप्रसाद श्रेष्ठ संयोजक तथा यमप्रसाद पौडेल र चिरञ्जीवी पोखरेल सदस्य रहेको निर्वाचन समितिले नयाँ सञ्चालक समिति चुन्न सहजीकरण गरेको थियो ।

यसअघि साधारणसभामा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अहिले सहकारीहरुमा रहेका समस्या सुल्झायन सरकार प्रयत्नशील रहेको सुनाए । पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले तीन तहकै सरकार मिलेर समृद्धिको सपना साकार पार्नुपर्नेमा जोड दिइन् ।

समारोहमा उत्कृष्ट बचतकर्तातर्फ रुकमिणी बराल रेग्मी, पिताम्बर अधिकारी, डिल्लीराम पराजुली, श्यामप्रसाद भुषाल, परिधि आचार्य र पुण्डरीप्रसाद बराल सम्मानित हुँदा ज्येष्ठ शेयर सदस्य टीकाराम सुनार, उत्कृष्ट कर्मचारीका रुपमा लीलाधर पौडेल पुरस्कृत बने ।

सो अवसरमा सहकारीले वडाका सामुदायिक विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरेको छ । सभाले अध्यक्ष लेखनाथ बराल, कोषाध्यक्ष पवित्रमणि पोख्रेल तथा लेखा समिति संयोजक कृष्णप्रसाद पौडेलद्वारा प्रस्तुत प्रतिवेदनहरु पारित गरेको छ ।

सभामा सहकारीका उपाध्यक्ष गंगाधर पौडेल, सचिव तीर्थराज आचार्य, पोखरा ७ का पूर्ववडाध्यक्ष राममोहन आचार्य, जिल्ला सहकारी संघका वरिष्ट उपाध्यक्ष छविलाल लामिछाने, पूर्वअध्यक्ष कालिदास पौडेल, विरुवा सहकारी अध्यक्ष शिवराम भण्डारी, वेदविज्ञान पाठशाला छोरेपाटनका प्राचार्य विजयराज आचार्य, सेयर सदस्य सुमित्रा शर्मा, डा सुशील शर्मा लगायतले बोलेका थिए ।