१७ गते भिन्तुना ¥याली, उत्कृष्टलाई पुरस्कार

फाइल फोटो
नेपालीको मौलिक तथा राष्ट्रिय संवत नेपाल संवत ११४५ को अवसरमा पोखरामा भिन्तुना ¥याली निकालिने भएको छ । नेवा खलः कास्कीको आह्वान तथा बागबजार तायामाचा समितिको आयोजनामा न्हुँ दया भिन्तुना ¥याली निकालिने भएको हो ।

नेवाः खलः कास्की अध्यक्ष अशोक पालिखे यस वर्ष १७ गते न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा हुने बताउँछन् । सो दिन बिहान न्हुः दयाँ भिन्तुनाको ¥याली पोखराको मोहरिया टोल, भैरव टोल, भीमसेन टोल हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत हुनेछ ।

भिन्तुना ¥यालीमार्फत् नेपाल संवतका सुरुवातकर्ता राष्ट्रिय विभूति शंखधर शाख्वाप्रति सम्मान र श्रद्धा बढ्ने विश्वास गरिएको छ । भिन्तुना ¥यालीमा नेवा समुदायसहित तमु धीं, मगर संघ, तामाङ घेदुङ, क्षेत्री समाज, थारु समाज लगायत विभिन्न जातीय समुदायका व्यक्तिहरुसमेत झाँकीसहित उपस्थित हुने तय छ ।

¥यालीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने नेवारी संस्कृति झल्किने लाखे तथा लाठी नाच, तायामाचा, धिमे बाजा, घोडेनाच आदि पनि प्रदर्शन गरिनेछ । ¥यालीमा झाँकीसहित सहभागी हुनेहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई २५ हजार, द्वितीय पुरस्कार ६ हजार र तृतीय पुरस्कार ६ हजार र सान्त्वनाले ५ हजार पाउने छन् ।