गण्डकीको वनमन्त्री बने भेषबहादुर

गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् । केही बेरअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई वनमन्त्री नियुक्त गरेका थिए ।

यसअघि, वरियतामा असन्तुष्टि जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि यो मन्त्रालय खाली थियो । भेषबहादुर कांग्रेस वरिष्ठ नेता शेखर कोइराला निकटका हुन् । दुई तिहाइ बहुमतको सरकारले बल्ल पूर्णता पाएको छ ।