रवि बुधबारसम्म हिरासतमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थप तीन दिन हिरासतमा रहने भएका छन् । शुक्रबार पक्राउ परेका लामिछानेलाई आइतबार म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको थियो ।

अब कास्की प्रहरीले बुधबारसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउनेछ । कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले शुक्रबारबाट लागू हुने गरी छ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना अभियोगमा लामिछाने पक्राउ परेका हुन् । संसदीय छानविन विशेष समितिले सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको औंल्याउँदै आवश्यक छानबिन र कारवाही गर्न सिफारिस गरेको छ ।