भीम रानाभाटका २ मुक्तक

फेरि आयो पर्यटनको राजधानीमा सडकमै रमाउने दिन !
बन्दैन शहर भाषणमा नयाँ नारा फलाकिन्छ छिनछिन
सडकका खाल्टा तालको जलकुम्भिले पर्खिएको छ डलर
थपिएको छ जनताको थाप्लोमा झन् ऋणमाथि ऋण ।

भाते नाचेर हिड्ने भए बाते हासेर हिड्ने भए
दले नेता, भ्रष्ट कर्मचारी जनताले कहिल्यै नचिन्ने भए
शिक्षा, स्वास्थ्य र सहकारी कुम्ल्याउने पर्दाभित्रका यिनै हुन
त्यतिमात्र कहाँ हो रअझै जनतालाई मकै पिनेझै पिन्ने भए ।