पोखरामा स्कुल बस दुर्घटना, १ को मृत्यु

पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ । बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए । घाइतेहरुलाई उद्धार गरेर गण्डकी मेडिकल कलेज, गण्डकी अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार जारी छ ।

बसकी कर्मचारी एक महिलाको मृत्यु भएको छ भने केही विद्यार्थीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।