प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको विश्वास प्राप्त गरेका छन्। नेकपा हुँदा पनि उनी दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री थिए ।
गत असार ३१ गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबार ७६ (४) अनुसार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेका थिए।प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको छ ।
बैठकमा २६३ सांसद उपस्थित थिए। ती जना तटस्थ रहे । नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते मध्यराति भएको सहमतिअनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए।
कांग्रेस र एमालेबिच ओलीले पहिले दुई वर्ष र त्यसपछि ०८४ को निर्वाचनसम्मका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने समझदारी छ ।




