कृषि विकास निर्देशनालय गण्डकी तत्का लीन प्रमुखसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा

कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित ८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध आरोप–पत्र दायर गरेको हो ।

स्याङ्जाको गल्याङ्रमा हेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । कृषि निर्देशनालयबाट अनुदान प्राप्त गरी भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएरपछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका विषयमा अनुसन्धानपछि अख्तियारले मुद्दा दर्ता गरेको हो ।

अनुदानको २८ लाख ३७ हजार २१७ रुपियाँ भुक्तानी गरी अनियमितता गरेको अभियोग छ । कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, कृषि विकास निर्देशनालयका कृषि इन्जिनियर विश्वनाथ पौडेल र तत्कालीन कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परसुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ साथै जिल्ला स्याङ्जा, गल्याङ् नगरपालिका वडा नं ३ बस्ने महेन्द्रकुमार भन्ने श्रीप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ ।