
अचम्म लाग्छ, आफ्ना आफ्ना गुट छन्, उपगुट छन्
अचम्म लाग्छ, आफ्ना आफ्ना भजन छन्, कीर्तन छन्
यो झन्डा र डन्डाले कति भेडों बनायो मान्छेहरुलाई
राजनीतिले पानी बारेको छ, कोही छुत छन्, कोही अछुत छन् ।
खोइरो खन्नेको ताँती छ, कसरी टाउको उठाऊँ
भुईको कमिलो पनि मैमाथि छ, कसरी टाउको उठाऊँ
जसलाई आफ्नो बनाउँछु, उसैले फर्केर टोक्छ
यो संसार यसरी घाती छ, कसरी टाउको उठाऊँ ?
अग्रज लोकगायिका एवं साहित्यकार कोइरालाको प्रकाशोन्मुख मुक्तक सञ्चयनबाट