११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पोखरामा फरक तरिकाले मनाइएको छ। कोपिला नेपालमा रहेका ४८ सहाराविहीन महिलालाई खाधन्न वितरण गरी उनीहरुसँग खाजा खाएर युवा संघमा आवद्ध महिलाले दिवस मनाएाक हुन् ।
नेतृ सरस्वती पुरीले महिला हिंस दिनानुदिन बढ्दै गरेको र घर स्कुलमा पनि महिला सुरक्षित नभएको भन्दै चिन्ता व्यक्तगरिन् । विष्णु सुवेदीले कठिन अवस्थाका महिलालाई राज्यले सघाउनुपर्ने बतायन् ।
कोपिला नेपाललाई सम्झिएर नारी दिवस मनाउन नेकपा एमालेमा समर्पित युवा महिला आएकोमा निर्देशक विना सिल्वालले खुसी व्यक्त गरिन् । कार्यक्रममा कोपिला नेपालमा रहेका महिलाहरुले गीतसमेत प्रस्तुत गरेका थिए ।