आरपिएलएएन गण्डकीमा वेदनाथ, कास्कीमा तिलक

गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसियसन नेपाल(आरपिएलएएन) गण्डकी प्रदेश र कास्कीमा नयाँ कमिटी चुनिएका छन् ।

हालै भएका भेलाबाट वेदनाथ भण्डारीको अध्यक्षतामा आरपिएलएएन गण्डकी कमिटी र तिलकप्रसाद कोइरालाको अध्यक्षतामा आरपिएलएएन जिल्ला कमिटी गठन गरिएको हो ।

आरपिएलएएन गण्डकीका उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रामप्रसाद भण्डारी, युवराज पराजुली र कल्याणी अधिकारी छन् । सदस्यमा डिल्लीराम अधिकारी, दीपक भट्टराई, गोविन्द ओझा लगायत छन् ।

जिल्ला कमिटी उपाध्यक्षमा खेमराज अधिकारी, सचिव विमल लामिछाने र कोषाध्यक्षमा मुक्तिराम सुवेदी छन् । ९ सदस्यीय कमिटीका सदस्यमा शिवप्रसाद लामिछाने, अनिता शेन लगायत छन् ।