सत्ता गठबन्धन टुट्यो, नयाँ सरकार आजै बन्ने

नेपाली कांग्रेससहितको सत्ता गठबन्धन भत्किएको छ ।

प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई नै निरन्तरता दिने गरी अर्काे गठबन्धन बन्न लागेको हो । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुनेछ ।

सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् । आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

बिहान भएको एमाले सचिवालय बैठकले सरकारको नेतृत्व गर्दै आएको नेकपा ९माओवादी० ले अर्को सत्ताको घटक नेपाली काँग्रेससँगको गठबन्धन टुटाएमा एमाले सरकारमा जाने निष्कर्ष निकालेको छ ।

उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न एमाले तयार रहेको जनाए ।