नारायण रायमाझीलाई अली मियाँ पुरस्कार

अली मियाँ लोकवाङ्य सम्मान पुरस्कार यस वर्ष लोकगायक एवम् संस्कृतिकर्मी नारायण रायमाझीलाई प्रदान गरिने भएको छ ।

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि ५० हजार नगद र सम्मानपत्र छ । लोककवि अली मियाँको एक सय छऔँ जन्म जयन्तीमा फागुन १५ गते हुने समारोहमा पुरस्कार वितरण गरिनेछ ।

पुरस्कृत व्यक्तित्व रायमाझी चार दशकदेखि नेपाली लोकगीत र लोकवाङ्मयको क्षेत्रमा क्रियाशील छन् । प्रडा कुशुमाकर न्यौपानेको संयोजकत्वमा रहेको प्रतिभा चयन समितिको सिफारिस अनुरुप रायमाझीलाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका सचिव एवं पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकालले जानकारी दिए ।

यसअघि यो पुरस्कारबाट धर्मराज थापा, हरिदेवी कोइराला, खिमबहादुर गन्धर्व, प्रमराजा महत, वमबहादुर कार्की, भेडीखर्के साइँला, चूडामणि बन्धु, मोतिलाल पराजुली, बाबुराम अधिकार, चेतन कार्की र डा जगमान गुरुङ सम्मानित भएका छन् ।