
सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरूबिचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिइएस) र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहकार्य सुरु भएको छ।
बुधबार कार्यक्रम बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिइएस)का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
अब दुवै संस्थाहले शैक्षिक र कौशल बिचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्ने छन्। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै, पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीलाई रोजगारी सुनिश्चित गर्न सकिने बताइन्। आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ। र त्यो सम्भव छ भन्ने देखिएको छ, मन्त्री शर्माले भनिन्।
सरकारी विद्यालय र विश्वविद्यालयहरूबाट आईटी पढेका विद्यार्थीलाई कसरी रोजगारमा लगाउने, कसरी बजारमा बिकाउने भन्ने चिन्ता समाधान गर्न यसले सहयोग गर्ने मन्त्री शर्माको धारणा छ।
ूनेपालमा पढाई हुने सबै विषयबाट उत्पादन हुने विद्यार्थी सबैलाई प्राक्टिकल गराउन सक्नुपर्ने र अहिले विदेशमा जाने युवाको ताँती रोक्नुपर्ने उनले औंल्याइन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा शिवलाल भुसालले बजारमा के भइरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए। उनले भने, मार्केट र शैक्षिक संस्थाबिच सम्बन्ध बिस्तार गर्न सहयोगी हुनेछ। यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाई रहेको बेलामा विद्यार्थीहरूलाई सहयोग गर्नेछ।ू
कार्यक्रममा डिईएसका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालले सूचना, प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरूका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए।
ूहाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरूलाई आफ्ना उत्पादनहरूलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ, डिईएसका अध्यक्ष अर्यालले भने।
त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभागका डिन डा बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाइला भएको बताए।
ू
कार्यक्रममा ग्लोबल डिईएसका प्रमुख समिर थापाले यो सहकार्यको बारेमा प्रस्तुति दिएका थिए। उनले शिक्षा र सीपमा किन भिन्नता छ भन्ने बारेमा जानकारी दिएका थिए। यसका साथै नेपालको आईटीलगायतका शैक्षिक सिलेबस अपडेट नहुनु र ढिलो अपडेट हुँदा विश्वस्तको सिप र क्षमतामा पहुँच नभएको बताए।
कार्यक्रममा सुनिल पाण्डेले कार्यक्रमको उद्देश्य र यसले दिने अवसरहरूको बारेमा आफ्ना धारणा राखेका थिए। कार्यक्रम बालकृष्ण सुवेदीले सञ्चालन गरेका थिए ।