नेपाल फिजिकल ट्रेनिङ एसोसियसन गोपालको नेतृत्व

नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन् ।

पोखरामा भएको संस्थाको केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय समिति चुनिएको हो ।

उपाध्यक्षत्रयमा टेकबहादुर गुरुङ, सुमे शेरबहादुर गुरुङ र अनिल राई छन् । महासचिवमा हिमालयबिक्रम लिम्बु, कोषाध्यक्ष केहरसिंह गुरुङ र सचिवमा बिमानसिं तामाङ चुनिए । सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गजबहादुर गुरुङ, निर्भिक सुनुवार र हरि थापा निर्वाचित बने ।

नवनिर्वाचित अध्यक्ष राईले आफ्नो कार्यकालमा संस्थाले सामाजिक कामलाई निरन्तरता दिँदै सदस्यको हितमा काम गर्ने प्रतिवद्धता जनाए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका अध्यक्ष एमबी आस्थामगरले पद तथा गोपनीयताको सपथ गराए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष मीनबहादुर गुरुङ, संरक्षकहरु पर्वत राई, क्या. रामप्रसाद गुरुङ, यामबहादुर गुरुङ लगायतले बोलेका थिए ।