पोखराको लायन्स क्लब अफ पोखरा ग्यालेक्सी र हेटौंडा बजार लायन्स क्लबबीच मितेरी सम्बन्ध कायम भएको छ ।
सामाजिक कार्यमा सहकार्य गर्ने तथा क्लबका सदस्यहरुबीच भाइचारा अभिबृद्धि गर्ने उद्देश्यले दुई क्लबबीच मितेरी सम्बन्ध कायम गरिएको हो । पोखरामा भएको कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको पोखरा ग्यालेक्सी र डिस्ट्रिक्ट ३२५ एस अन्तर्गतको हेटौंडा बजारबीच अन्तर क्लब मितेरी सम्बन्धको पत्र आदानप्रदान भएको छ ।
पोखरा ग्यालेक्सीका अध्यक्ष अम्बर बहादुर थापा र हेटौंडा बजारका अध्यक्ष होमनाथ खनालले एक आपसमा पत्र आदानप्रदान गर्दे आगामि दिनमा सहकार्यका साथ अघि बढ्ने
प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपालका गर्भनर सुचित्रा थापा, निर्वतमान गर्भनर राजेन्द्रकुमार बाटाजु, द्धितीय गर्भनर दुर्गा प्रसाद हुमागाईं, डिस्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर टिकाराम सापकोटा, डिस्ट्रिक्ट एड्मिनिस्ट्रेटर होमविलास सापकोटा, डिस्ट्रिक्ट को चिफ एडभाइजर माधवबहादुर पोखरेल, कलस्टर चिफ सोमिता खड्का, जोन देबी श्रेष्ठले शुभकामना दिँदै दुई शहरका, दुई डिस्ट्रिकका फरक क्लबबीच भएको सहकार्यले लायनबादको यात्रालाई अझ मझबुत बनाउँदै लायन्सको माध्यमबाट हुने समाजसेवाको कार्य अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन लायन्स क्लब अफ पोखरा ग्यालेक्सीका प्रथम उपाध्यक्ष्य राजेन्द्र प्रसाद आचार्यले गर्नुभएको थियो।






