कृष्णमणिलाई जैविक विविधता संरक्षण पुरस्कार

पत्रकार कृष्णमणि बराल स्वर्गीय चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कारबाट सम्मानित भएका छन् ।

प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा बरालाई पुरस्कृत गरिएको हो ।

उनी अन्नपूर्ण पोस्ट दैनिकमा आवद्ध छन् । बराललाई प्रायाीशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सहप्राध्यापक रामगोपाल ढेवाजु, प्राणीशास्त्र समाज पोखरा नेपालका कार्यवाहक अध्यक्ष गणेश तिमिल्सिना लगायतले सम्मा पत्र र नगद पाँच हजारसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा डा राधेश्याम कायस्त स्नातक विद्यार्थी प्रोत्साहन पुरस्कारबाट हर्कबहादुर थापा, उत्तर–दिव्य, किशोरकुमार पोखरेल स्नातक विद्यार्थी प्रोत्साहन पुरस्कारबाट स्मृति श्रेष्ठ, डा एलियाम्मा जोन स्नातक विद्यार्थी प्रोत्साहन पुरस्कारबाट स्मृति श्रेष्ठ पुरस्कृत भएका छन् ।

यस्तै, विद्यावारिधि सम्मानबाट डा राजेन्द्र बसौलालाई सम्मान गरिएको छ । यही सम्मान मरणोपरान्त डा धर्मेन्द्रलाल कर्णलाई प्रदान गरियो ।