आविष्कार अस्पतालको अध्यक्षमा डा सञ्जय, डा कृष्ण प्रबन्ध निर्देशक

आविष्कार हस्पिटल आर्थाेप्लाष्टी एन्ड ट्रमा सेन्टर प्रालिको शुक्रबार भएको दोस्रो वार्षिक साधारणसभाले नयाँ नेतृत्व चुनेको छ ।

सभाले डा सञ्जय कोइरालाको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको हो । डा कोइराला वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।

यस्तै, प्रबन्ध निर्देशकमा डा कृष्ण बोगटीले जिम्मेवारी पाएका छन् । सञ्चालक समिति सदस्यमा डा. रमेश शर्मा, श्रीराम अधिकारी र सुजु गौतम छन् ।

कार्यवाहक अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा भएको सभाले अध्यक्षले प्रस्तुत गरेको आव २०७९/८० को वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष डा कोइरालाले विभिन्न संघ, संस्थासँग सहकार्य गर्ने र पोखरामै विशिष्टिकृत सेवाहरु थप्दै अस्पताललाई अघि बढाउने प्रतिवद्धता जनाए ।