ठगी आरोपमा पोखरा ६ का वडा सदस्यसहित ४ कारागार चलान

ठगी मुद्धामा पक्राउ परेका पोखरा ६ का वडा सदस्यसहित ४ जना कारागार चलान भएका छन् ।

वडा नं। ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरी परेको थियो । सोही आधारमा उनीहरुलाई पक्राउ गरि थुनामा राखेर अनुसन्धान भएको थियो ।

पोखरा महानगरपालिका वडा नं। ६ लेकसाईड बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, पोखरा महानगरपालिका वडा नं ६ लेकसाईड बस्ने वर्ष २२ को प्रवीन विश्वकर्मा, पोखरा महानगरपालिका वडा नं ०६ लेकसाईड बस्ने वर्ष २४ का अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल र वडा नं ६ खहरे बस्ने वडा सदस्य वर्ष ४२ को दिपेन्द्र पहारी पुर्पक्षका लागि जेल जलान भएका हुन् ।