फोर नेसन्स क्यानेडा सेमिनार १३ गते

चिप्लेढुंगामा रहेको फोर नेसन्स इन्टरनेसनलको पोखरा शाखामा मंसिर १३ गते बुधबार फोर नेसन्स क्यानेडा सेमिनार हुने भएको छ । क्यानेडा र अस्ट्रेलिया अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई लक्ष्य गरी सेमिनार आयोजना गरिएको हो ।

पोखराको चिप्लेढुंगामा रहेको फोर नेसन्सको कार्यालयमा बुधबार बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सेमिनार हुनेछ । सेमिनारमा इमिग्रेसन लयरसमेत रहेका फोर नेसन्स इन्टरनेसनलका प्रिन्सिपल विलियम ई. डाइसले विद्यार्थी र अभिभावकका जिज्ञाशा मेटाउने छन् ।

डाइसले भिसा प्रोसेस, त्यहाँका कलेज तथा विश्वविद्यालयहरु, क्यानेडामा अन्तर्राष्ट्रिय विद्यार्थीको अवस्था, पिआर, जबको अवस्था, आदिबारे समेत जानकारी दिने छन् । सेमिनारमा फोर नेसन्सका इन्टरनेसनल डाइरेक्टर कोमलराज पाठकले पनि विद्यार्थी, अभिभावकलाई सहजीकरण गर्ने छन् ।

फोर नेसन्सले अस्टे«लिया, क्यानडा, बेलायत, अमेरिका लगायतका देशमा विद्यार्थी पठाउन सहजिकरण गर्दै आएको छ । वैदेशिक अध्ययनका लागि भिसा लागेका, विदेश जाने तयारी गरेका, भविष्यमा जाने योजना बनाएका र भिसा रिजेक्ट भएकाहरुले सेमिनारमा सहभागी भएर लाभ लिन सक्ने फोर नेसन्स पोखरा शाखाका प्रमुख नारायण सुवेदी बताउँछन् ।