फेवाताल सरोकार- केही प्रश्न र प्रसंग

कोभिडले थला पारेको पर्यटन उठ्नमात्र के खोजेको थियो, फेवातालबाट ६५ मिटर जग्गा अधिकरण गरेर लेकसाइद बिस्थापन गर्ने निर्णयले त्यहाँका रैथाने, उद्यमी व्यापारी Stakeholders सबलाई बिचलीत बनाए। बिश्वप्रसिद्ध पर्यटनको यो गन्तब्य स्थलमा ६५ मिटर मापदण्ड लगाएर लेकसाइड नै बिस्थापन गर्नुको कारण के हो, धेरैले बुझेन र सोच्न पनी सकेन ।

लेकसाइडको संरचना हटाएर त्यहाँ के गर्ने ? योजना के छ ? लेकसाइड कुनै प्राकृतिक प्रकोपबाट ग्रस्त क्षेत्र होइन, यत्ति सजिलै विस्थापन गर्न । यो पुष्टौ पुरानो संम्बृद्ध बस्ति हो। यहाँ हजारौंको श्रम परिश्रम पेशा र उनीहरूको बर्तमान र भबिस्य जोदेको छ।यस्तो ठाँउ कसरी मास्ने ? खरबौ लगानी भएको यो संम्बृद्ध संरचना अधिकरण गर्न के सरकारसंग पैसा छ ? के यो आबस्यक छ ? यस्तो परिस्कृत पुश्तैनी जग्गा ज़मीन, उद्योगब्यापार बिस्थापन गर्न के सरकारले सामाजिक न्याय र मानविय सम्बेदनाको बिचार गर्नु पर्दैन ?

खरबौ लगानी भएको यो संम्बृद्ध संरचना अधिकरण गर्न के सरकारसंग पैसा छ ? के यो आबस्यक छ ?

लेकसाइड सुकुमबासी टोल हैन। जग्गा धनी संग लालपुर्जा छ, उद्यमीसंग व्यबसायको प्रमाणपत्र इजाज़तपत्र लाईसेन्स छ।राजस्व कर तिरिरहेका छन। लेकसाइड पोखराको आर्थिक रक्तस्संचार हो। अैले नेपाल दक्षिण एसियाकै गरीब देशको सुचीमा पुगि सक्यो। यो श्रोत, साधन नभएर हैन, माल पाएर चाल नपाउनुले हो। स्रोत साधनको ब्यबस्थापन गर्न नसकेर हो। देशमा कत्रा कत्रा बिकराल समस्याहरू छन, त्यसलाई ध्यान दिनु कता हो कता, बनीबनाउ पर्यटकिय गन्तव्य किन हताउन लागेको होला ? के बिकासको प्राथमिकता यस्तो हुन्छ ? बिगार्न हामी सबै हौसिन्छौ, सपार्न संधै बिर्सन्छौ। बनिबनाउ स्वर्ग नबिगारौं ! अर्को स्वर्ग अन्तै कही बनाऔ ! एउटा प्रश्न- ६५ मिटर मापडण्ड फेवातालको लागी मात्र हो की अरू तालको लागी पनी हो ? फेवातालको लागी मात्र हो भने, के यो विभेद भएन ?

कुनै योजना परियोजना तर्जुमा गर्दा त्यहाँको प्राकृतिक विशिष्तता, आर्थिक उपाध्ययता र Land-use planing को आधारमा हुनु पर्छ। संरक्षण र सन्तुलित विकासको कुरा गर्दा Economy and Ecology को भाषा बोल्नु पर्छ। अन्यथा परीयोजनाले दुरगामी असर पार्न सक्छ। संरक्षण र सन्तुलित पर्यटन बिकासको योजना ब्यबहारिक हुनु पर्छ, रोमान्चकारी कपोलकल्पित हैन।
जहाँ पानी हुन्छ, त्यहाँ पर्यटन हुन्छ। संसारमा धेरै Lakeside city छन, जहाँ तालैमा पर्यटनको गतिविधि संचालन हुन्छ।

अरू देशमा कृतिम ताल बनाई Lakeside city बनाउछन्, हामी भएको लेकसाइड विस्थापन गर्न खोजिरहका छौ। बिश्व पर्यटन बजारमा आजकाल Water-based-Tourism याने Lakeside Tourism सबभन्दा आकर्षक र महँगो छ। पोखरा Lakeside अलग्ग फ़रक मौलिक पर्यटनको संरचना हो। Just imagine: लेकसाइड बिना पोखरा कस्तो हुन्छ ? यहाँको अद्वितिय Cosmopolitan landscape पैसाले मात्र नीर्माण भएको हैन, यो उद्यमीको उग्यमशिल सपनाको शिर्जना कल्पनाको सुन्दर समिश्रमको प्रस्तुतीकरण हो।

जहाँ पानी हुन्छ, त्यहाँ पर्यटन हुन्छ। संसारमा धेरै Lakeside city छन, जहाँ तालैमा पर्यटनको गतिविधि संचालन हुन्छ।

फेवातालको शत्रु पर्यटन हैन, भुक्षय हो । ताल संरक्षण गर्न खोलामा रूख रोप्ने, खोला नालाको दाँया बाँया check-dam बनाउने, Erosion control गर्ने, ताल मिच्नेलाई सजाय दिने, रासायनिक मल किटनासक औषधि सब रोक लगाउने, तालको पानी तान्न नदिने, अत्याधुनिक सेफ़्टी ट्याँक बनाने दिने आदी प्रतिरोधक नियम कड़ाईका साथ लागु गर्राउनु पर्छ। लेकसाइड नै हटाउने काम गर्नु भएन। कोठामा लामखुट्टे आयो भनेर झ्याल बन्द गर्ने् हैन, जाली राख्ने हो।

फेवातालको आकार “यहाँ सम्म वा त्यहाँ सम्म थियो” भनेर बाजे-बराजुलको किम्बदन्ती मिथ्यान्कको आधारमा नाप्नु भएन; न तालको आकार बर्षाको पानीको सतहले नाप्ने हो। यस्को साइज भौगोलिक र इतिहासिक तथ्यांकले एकिन गर्नु पर्छ। ताल पहिले कत्रो थियो, बाँध बनेपछी कत्रो भयो, त्यो तथ्य पनी बिचार गर्नुपर्छ। संरक्षणको नाममा लेकसाइद बिस्थापन गर्नु पर्छ भन्ने क्रन्तिकारी निती भनेको आँखा दुख्यो भने आँखा निकाल्ने हो, जस्तो लाग्छ। स्मरणर होस पर्यटन प्रकृतिको भक्षक हैन, रक्षक हो। संरक्षण र पर्यटन एउटा सिक्काको दुई पाटों हो।

संरक्षणको नाममा लेकसाइड विस्थापन गर्नुपर्छ भन्ने क्रन्तिकारी नीति भनेको आँखा दुख्यो भने आँखा निकाल्नु हो !

हाम्रो बिचार फ़रक फ़रक हुन सक्छ, तर्क आआफ्नै हुन सक्छ। तर राष्ट्रीय महत्वको यस्तो सम्वेदनशिल विषयमा हामी सबैले फेवातालका रैथाने बासिन्दा र उद्यमीहरूको ठाँउमा आफुलाई राखेर र उनीहरूको मनले सोचेर प्रतीकृया दिंदा राम्रो होला। यसले सरकारको नीतीमा सकारात्मक परिवर्तन ल्याउन मदत्त गर्न सक्छ !

लेखक र पर्यटन व्यवसायीका रुपमा चर्चित शाक्यको फेसबुकबाट । फेवा किनारमा उनले बनाएको वाटर फ्रन्ट रिसोर्टले समेत फेवाको मापदण्ड मिचेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।