बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् ।
सम्पर्कविहीन भएको छ महिनापछि फेसबुकमार्फत उनी सार्वजनिक भएका हुन् । उनले बचतकर्तालाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको जिकिर गरेका छन् ।
उनले घरमा हतियारसहित आएर ज्यान मार्ने धम्की दिएको समेत जनाएका छन् । उनले लाईभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने आश्वासन दिएका छन् ।
आफ्नो नाममा १८ वटा घर र करिब दुई अर्बको सम्पति भएको दाबी गरेका छन् । सहकारीका सेयर सदस्यको बचत फिर्ता गर्न आफू र आफ्नी श्रीमतीको नाममा रहेका घर, जग्गा सेयर सदस्यको नाममा हस्तान्तरण गर्ने वातावरण बनाउनसमेत उनले आग्रह गरेका छन् ।
छिटै मेयरकै रुपमा काम गर्ने आउने वाचासमेत उनले गरेका छन् ।






