पोखरामा करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतीको मृत्यु

पोखरा महानगरपालिका वडा नं. २९ मा करेन्ट लगाएर माछा मार्ने क्रममा सोमबार दम्पतीको मृत्यु भएको छ ।

पट्नेरीको खेतमा पानी लैजाने कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुस्ताङको जोमसोम घर भएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्रीको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए ।

करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर भीमलाल र सावित्री दिउँसो ४ बजे घाइते भएका थिए । सुनार दम्पती घाइतेको भएको सूचनापछि उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । उपचारका क्रममा साँझ साढे ५ बजे सुनार दम्पतीलाई चिकित्सकले मृत घोषणा गरेको हो ।