भूकम्पबाट १२८ काे मृत्यु


गए राति आएकाे भूकम्पबाट अहिलेसम्म जाजरकोटमा मृत्यु हुने ९२ जना पुगेका छन् । ५५ जना घाइते छन् । यस्त‌ै,
रुकुम पश्रिममा मृत्यु हुने ३६ र घाईते ८५ जना छन् ।

जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानु भएको हो । 

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिनु भएको छ । 

यसैगरी, उहाँले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री  जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिनु भएको छ ।