मित्र मिलन बचत तथा ऋण सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी प्रक्राउ परेका छन् ।
बैंकिङ कसुरमा शनिबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि बैंकिङ कसुरमा उनीहरूलाई पक्राउ गरिएकाे हो । बचतकर्ताकाे रकम फिर्ता गर्न नसकेपछि याे सहकारी संकटमा छ ।






