छोरेपाटनमा नवदुर्गा पूजा महोत्सवको तयारी

पोखरा १७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरमा नव दुर्गा पूजाको तयारी भएको छ । यस वर्षको दसैंमा हर्षाेल्लासका पूजा आयोजनाको तयारी भएको दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद शर्मा अधिकारीले बताए ।

घटस्थापनादेखि महानवमीसम्म मन्दिर परिसरमा विभिन्न कार्यक्रम तय भएको छन् । घटस्थापनाका दिन शोभा यात्रा नगर परिक्रमा गरी घटस्थापना गर्ने तयारी छ । त्यसपछि महानवमीसम्म दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म सप्तचण्डी श्रीदेवी भागवत पाठपारायण प्रवचन हुने अध्यक्ष अधिकारीले जानकारी दिए ।

यो अवधिमा हरेक दिन साँझ ७ देखि १० बजेसम्म दुर्गा मन्दिर भजन मण्डल समितिले भजनकीर्तन एवं सांस्कृतिक कार्यक्रम गर्ने छ । मन्दिरमा हुने सबै कार्यक्रममा सहभागी हुन समितिले वरपरका संघ, संस्था र शुभेच्छुकलाई आग्रह गरेको छ ।