ड्राइभिङ स्कुल संघ कास्कीमा नयाँ समिति

ड्राइभिङ स्कुल संघ कास्कीको विशेष अधिवेशनले विष्णु पोख्रेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको छ ।

शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा वीरेन्द्र भुर्तेल, सचिव प्रेम अधिकारी, कोषाध्यक्ष सूर्य पौडेल र सहसचिवमा अमृत लम्साल निर्वाचित भए । संघ कास्की सदस्यमा मानबहादुर विक, शेरबहादुर गुरुङ, सबिन थापा, बुद्धि रानाभाट, कोपिला पोख्रेल र बोधराज सुवेदी छन् ।

यसअघि ड्राइभिङ स्कुल संघ गण्डकीको नाममा अञ्चल समिति रहेको अब प्रदेशमा समिति बनाएर साबिक गण्डकी समितिलाई जिल्ला समिति बनाइएको हो ।

कार्यक्रमा संघका संस्थापक केन्द्रीय अध्यक्ष पुरुषोत्तम रेग्मी र पूर्व केन्द्रीय अध्यक्ष मोहन गुरुङले ड्राइभिङ स्कुल संघको क्षेत्रमा थपिएका चुनौती र आएर अवसर दुवैलाई सन्तुलन मिलाएर नयाँ समितिअघि बढ्ने विश्वास व्यक्त गरे ।