अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी शुक्रबार पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई बनेपाबाट पक्राउ गरेको हो।

चलचित्र ‘रावायण’का निर्माता सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको र पछि अस्वीकार गर्दा १ करोडभन्दा धेरै नोक्सान भएको उजुरीमा उल्लेख छ ।

केसीलाई छलफलका लागि पटक पटक बोलाउँदा नआएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।