एकै जिल्लामा वर्षमा ९ चितुवा मृत फेला

पर्वतमा गएको वर्षमात्रै ९ चितुवा मृत फेला परे । डिभिजन वन कार्यालय पर्वतका आर्थिक वर्ष २०७९÷८० मा ९ चितुवा मृत फेला परेका थिए भने २ वटाको जीवितै उद्धार गरिएको थियो ।

शुक्रबार पनि मोदी गाउँपालिका ७ राम्जादेउरालीमा १ चितुवा मृत भेटिएको छ । गौतम कुल मन्दिर नजिकै धानखेतमा चितुवा मृत फेला परेको हो ।

डिभिजन वनका कर्मचारी र प्रहरीसहितको टोलीले मृत चितुवालाई गाडेको छ । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालले झन्डै ३ वर्षको चितुवा केही दिनअघि नै मरेको पाइएको जनाए ।