भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले उडान गर्ने भएको हो । यो उडान चार्टर हो ।
“भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सेप्टेम्बर २३ मा सिँधै उडान गर्ने छ । यो उडान चार्टर्ड उडान हुनेछ ।” उनले भने ।
ड्रक एयरको विमान पोखराबाट सिधा पाराको लागि नै उड्नेछ । पोखरामा ड्रुक एयरको विमान आउनु सुखद रहेका निरौलाले बताए ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि चीनबाट चार्टड उडानबाहेक यो आन्तरिक उडानमा सीमित छ ।






