पार्टीमा यो मारमार, निरासामा छौ
कोहि छैनन् बफादार, निरासामा छौ !
महाभारत हेरौ हामी, रामायण नि बुझौ
सत्ताको नै रैछ सार, निरासामा छौ !
इमान जति सबै, बेचिखाने भयपछी
को जित्यो वा कस्को हार, निरासामा छौ !
निस्वार्थ सेवाको भाव ,देखीएन कसैसँग
राजनीतिलाई ठाने व्यापार, निरासामा छौ !
एकतामा बल हुन्छ, भन्ने कुरा बिर्सीएर
कस्ले बोक्छ टुक्रे भार, निरासामा छौ !
कोहि कुन्ठित अनि, कोहि हठी बनेपछी
कसरी हो लाउने किनार, निरासामा छौ !
कित मिल तयारि छौ, दिपावली गर्नलाई
नत्र लगाय वार कि पार, निरासामा छौ !




