प्रगति केही छैन साथी बाँचेकै छु अहिलेसम्म
हेर्दै जाउँ पैतालाले बाटो नाप्छन् कहिलेसम्म
नयाँ , नौला खबर केही भए तिमी सुनाउ बरु
कसो गरि बितेका छन् अचेल तिम्रा दिनहरु
सुनको गरीब भए पनि नुनको खाँचो छैन त्यही हो
करोडपति मान्छेले नि खाने नुन त आखिर यही हो
छानोमुनि बसेको छु बादल ओढ्न पर्या छैन
आकास छुने महलको सपना देख्ने गर्या छैन
आफू सङ्ग जे छ त्यसमै खुशी हुन सिकेको छु
औंला बाङ्गो नगरेरै आज सम्म टिकेको छु
न त रुन्छु आत्तिएर न हाँस्छु म मात्तिएर
त्यै गरुँला जिन्दगीले जे गर् भन्छ जतिखेर
गाउँघर तिर के कसो छ , सुन्न मन छ सुनाउ अरु
कहाँ पुगे , के के गरे संगै पढ्ने केटाहरू ।
नर्थ , क्यारोलिना
अगस्ट १६ , २०२३




