स्रष्टा समाज पुम्दीभुम्दीको पहिलो अधिवेशन तथा दोस्रो साधारणसभाले गोविन्द बरालको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा नवराज बराल, सचिव ध्रुव विपश्वी, कोषाध्यक्ष रुप्रसाद बराल र सहसचिवमा लक्ष्मी बराल चुनिएका छन् ।
कार्यसमिति सदस्यमा नन्दलाल बराल, शोभाकर बराल र हरिप्रसाद बराल छन् । बाँकी ३ पछि मनोनित हुने छन् । संस्थाको वरिष्ठ सल्लाहाकारमा नवराज बराल ‘निशान्त’, सहप्राध्यापक भीमनाथ बराल, नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानका कुलपति डा खगराज बराल, सुप्रसिद्ध गायक अमृत गुरुङ र प्राज्ञ नारायण मरासिनी छन् ।
सहप्रध्यापक भीमनाथ बरालको संयोजकत्वमा प्राज्ञ नारायण मरासिनी र साहित्यकार नवराज बराल ‘निशान्त’ रहेको निर्वाचन मण्डलले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।
कार्यक्रममा स्रष्टाहरूले कविता, मुक्तक लोक भजन, तीजगीतसमेत प्रस्तुत गरे । कार्यक्रममा त्रिवेणी संगीतालय पोखराका संस्थापक संगीतकार नवराज बरालको भजन संग्रह त्रिवेणीसमेत लोकार्पण गरिएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य नारायण मरासिनी, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल ‘निशान्त’, सहप्राध्यापक भीमनाथ बराल, सृजनशील आमा समूहकी अध्यक्ष मीनादेवी बराल, ठूलीबिणी टोल विकास समिति सभापति टंकराज पौडेल, समाजसेवी लोकनाथ बराल, संगीतकार नवराज बराल, समाजसेवी जगन्नाथ बस्तोला लगायतले बोलेका थिए ।





