रवीन्द्र माकाजुलाई ऋषिलीला पुरस्कार

ऋषिलीला पत्रकारिता पुरस्कार २०८० लेखक रवीन्द्र माकाजूलाई प्रदान गरिने भएको छ । पोखरा वृद्धाश्रमबाट सञ्चालित यो पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ । वृद्धाश्रमको आगामी भदौ ९ गते हुने २७ औं वार्षिक साधारणसभामा यो पुरस्कार अर्पण गर्ने कार्यक्रम छ ।

लेखक माकाजूका पाँच दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ज्येष्ठ नागरिकको हकहितबारे कलम चलाउने लेखक÷पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यो पुरस्कारबाट यसअघि चट्याङ मास्टर, हरि बास्तोला र दीपेन्द्र श्रेष्ठ सम्मानित भइसकेका छन् ।