स्थानीय तह कर्मचारी संगठन पोखरामा हरिलाल

पोखरा महानगरपालिकामा खहरिलाल आचार्यको अध्यक्षतामा ११ सदस्यीय पोखरा महानगरपालिका स्थानीय तह कर्मचारी संगठन गठन भएको छ ।


महानगरमा क्रियाशील स्थानीय तह कर्मचारी संघ नेपाल, नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आवद्ध कर्मचारीको भेला र अधिबेशनबाट उपाध्यक्षमा दमयन्ती पराजुली, सचिव अनिल आचार्य, सह सचिव अर्जुन बहादुर क्षेत्री र कोषाध्यक्षमा बेलकुमारी गुरुङ चुनिए ।

सदस्यमा गोबिन्दप्रसाद देवकोटा, सबिना श्रेष्ठ, रबिन्द्र गोदार, राजेन्द्र पौडेल, दीपक कोइराला र गौरा रिमाल छन् । भेलाले नारायणप्रसाद शर्मा संयोजक र महेन्द्र गोदार र मंजु ढुंगाना सदस्य रहेको सल्लाहकार समितिसमेत चयन गरेको छ ।

संगठनका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य थममाया थापाले सार्वजनिक सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरिन् । उनले पेशागत हकहित र वृत्ति विकासका समर्पित हुन सुझाइन् ।

कार्यक्रममा नेकपा एमाले पोखरा महानगरपालिका इन्चार्ज कृष्ण थापा, केन्द्रिय कमिटि सदस्य मंजुदेवी गुरुङ्गर राजीव पहारी, पेशागत महासंघ नेपालका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठ, पेशागत महासंघ नेपाल केन्द्रीय कमिटिका सचिव एबम गण्डकी प्रदेश इन्चार्ज राम प्रसाद खनाल, पोखरा महानगरपालिका नगर कार्यपालिकाका नेकपा एमालेका नेता राधिका शाही योगी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य भरत भुषाल, गण्डकी प्रदेश अध्यक्ष अशोक खनाल, स्थानीय तह कर्मचारी संघ नेपालका केन्द्रीय सचिब छबि शर्मा, गण्डकी अध्यक्ष महेन्द्र गोदार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य एबम कास्की जिल्ला इन्चार्ज हरिलाल आचार्य र ध्रुब भट्टराई लगायतले बोलेका थिए ।